थाहानगर/२८ जेठ
इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७ जेठमा बज्राचार्यको सरुवा सूचना प्रकाशित गरेको हो ।
पालुङका प्रनि रक्शा बज्राचार्य मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर ३ अमेरिका, क्यानडा, अष्ट्रेलिया र युरोपमा सरुवा हुनु भएको हो । बज्राचार्य २०८२ असोज २८ गते नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई पालुङ आउनु भएको थियो ।
पालुङमा भने काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सरुवा भई प्रहरी निरीक्षक (इन्सपेक्टर) गोबिन्द प्रसाद भण्डारी आउनु हुने भएको छ ।
Featured News
-
11 hours agoमकवानपुरका उत्कृष्ट विद्यालयहरु सम्मानित
-
-
4 years agoआजको तरकारी बजार भाउ

Comments