थाहानगर/७ असार
मकवानपुर जिल्ला कैलाश गाउँपालिकाबाट डाँका चोरी अभियोगमा तीन जना पक्राउ परेको छ ।
इकाका प्रहरी कार्यालय पालुङले कैलाश २ घर हुने टोकल माइला भन्ने रुद्र मुक्तान, धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका १ बस्ने उमेश तामाङ र अशोक तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीले इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा शुक्रबार पक्राउ गरेको हो ।
उनीहरु माथि कैलाश २ स्थित बुधराम मुक्तानको घर फोडी नगद ६ लाख रुपियाँ चोरी गरेको आरोप छ । उनीहरु बिरुद्व डाँका चोरीको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थपको प्रक्रिया सुरु गरेको इप्रका पालुङले जनाएको छ ।
Featured News
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
4 years agoआजको तरकारी बजार भाउ

Comments