Byroad News

Loading...

थाहामा उत्कृष्ट विद्यालयसहित शिक्षक विद्यार्थी सम्मानित


थाहामा उत्कृष्ट विद्यालयसहित शिक्षक विद्यार्थी सम्मानित

थाहानगर/२६ जेठ
थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका थाहा नगरका विद्यालयहरुसहित विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ । 
शाखाले मंगलबारबार एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई सम्मान गरेको हो । थाहा नगर प्रमुख विष्णु बहादुर विष्ट, शिक्षा समिति सदस्यहरु सुरेन्द्रमान प्रधान, हरिकृष्ण कार्की, उर्मिला गोपाली, परीक्षा समिति सदस्य नारायण बहादुर कार्की, शिक्षा अधिकृत सुर्यबहादुर थिङ, मुना थपलिया, देबेन्द्र कार्कीलगायतले खादा, प्रमाणपत्रलगायतले सम्मान गरेको हो । 


कार्यक्रमको अवसर थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले सबै विद्यालय र शिक्षकहरुलाई धन्यबाद दिँदै अझै आगामी दिनमा थप गुणस्तर वृद्धिका लागि सबै सकारात्मक भएर काम गर्नु पर्ने बताउनु भयो । 
कार्यक्रमको अवसरमा शिक्षा समिति सदस्य हरिकृष्ण कार्कीले अझै पनि शिक्षा क्षेत्रमा थुप्रै समस्याहरु रहेको बताउँदै पालिकाले सुधारको काम गर्न आवश्यक रहेको बताउनु भयो । प्याव्सन थाहा नगर अध्यक्ष एवम् शिक्षा समिति सदस्य सुरेन्द्रमान प्रधानले संस्थागत र सामुदायिक विद्यालय भनेर फरक व्यवहार गर्न आवश्यक नभएको बताउँदै असार महिनादेखि आइतबार पनि विद्यालय संचालन गर्न आवश्यक रहेको हुँदा सबैले सकारात्मक रुपले बुझिदिन आग्रह गर्नुभयो । मत्स्य नारायण मविका प्रधानाध्यापक श्याम तामाङले अझै आफूहरु थप हौसला सहित काम गरिरहेको बताउनु हुँदै खेलमैदान लगायत भौतिक पूर्वाधारहरुमा धेरै समस्या रहेको सुनाउनु भयो ।
सम्मानित हुनेहरुमा एसईईतर्फ सामुदायिक विद्यालयहरुमध्ये औसत जीपीए २.२६ सहित प्रथम हुने मत्स्य नारायण मावि सोल्टु, २.०४ जीपीए सहित दोस्रो हुने झम्केश्वरी मावि ओखरबजार, १.९० जीपीए सहित तृतीय हुने स्वरस्वती मावि देउखेल सम्मानित भएको हो । यसैगरी, संस्थागत तर्फ ३.१९ जीपीए सहित प्रथम हुने पालुङ अङ्ग्रेजी आवासीय मावि अंगारे, ३.१२ जीपीए सहित दृतीय हुने पालुङ भ्याली हार्ट एकेडेमी स्कुल चोक, ३.११ जीपीए सहित तृतीय हुने पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुल ओखर बजार सम्मानित भएको छ । 

यसैगरी विषयतगत उत्कृष्ट शिक्षकहरुमा दामुदायिकतर्फ मत्स्य नारायण माविका शिक्षकहरु दिनेश केसी (अङ्ग्रेजी), चन्द्र प्रसाद बराल (नेपाली), श्याम तामाङ (सामाजिक), देवचन्द्र ढकाल, (ऐच्छिक प्रथम), सरस्वती माविका राजेन्द्र सिंङ दाहाल (गणित), जनकल्याण माविका धनबहादुर गोले (विज्ञान) र इन्द्रायणी माविका नारायण बहादुर कार्की (ऐच्छिक दृतीय) सम्मानित हुनु भएको छ । 
यस्तै संस्थागत विद्यालय तर्फ पालुङ अङ्ग्रेजी आवासीय माविका शिक्षकहरु मेरिना तौजाले (अङ्ग्र्रेजी), योगबहादुर सिन्तान (गणित), बिराज रायमाझी (विज्ञान), जुनु उप्रेती (सामाजिक), पालुङ भ्याली हार्ट एकेडेमीका सुर्जमाया श्रेष्ठ (नेपाली), सम्झना केसी (लेखा) र पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका आयुष खत्री (ऐच्छिक प्रथम) सम्मानित हुनु भएको छ ।
उत्कृष्ट विद्यार्थीहरुमा सामुदायिकतर्फ मत्स्य नारायण मावि रोहित भ्लोन (३.७ जीपीए) प्रथम, मत्स्य नारायण माविकै आर्शन थापा (३.६३ जीपीए) दृतीय र जनकल्याण माविका जेशिका ढकाल (३.५४ जीपीए) तृतीय स्थानबाट सम्मानित हुनु भएको छ ।
संस्थागत विद्यालय विद्यार्थीहरुमा हिमालयन इङ्ग्लीस सेकेन्डरी बोडिङ स्कुलका सजिना रायमाझी (३.८७ जीपीए) प्रथम, पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका सोप्निल प्रधान (३.७३ जीपीए) दृतीय र सरस्वती विद्या मन्दिरका सेन्ड्रीला गोपाली (तृतीय) स्थानबाट सम्मानित हुनु भएको छ । 
यसैगरि कक्षा ८ मा सामुदायिक विद्यालयतर्फ औसत जीपीए ३.२० सहित इन्द्रायणी मावि आग्रा प्रथम, ३.१५ जीपीए सहित सरस्वती मावि देउखेल दृतीय, ३.०५ जीपीए सहित सुनौला मावि कुन्छाल तृतीय, संस्थागत तर्फ ३.४६ जीपीए सहित सरस्वती विद्या मन्दिर बज्रबाराही प्रथम, ३.४२ जीपीए सहित पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुल ओखर बजार दृतीय र ३.४१ जीपीए सहित पालुङ भ्याली हार्ट एकेडेमी तृतीय स्थानबाट सम्मानित भएको छ । 
यसैगरी, कक्षा ८ मा सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षकहरुतर्फ सरस्वती माविका बिष्णु वाइबा (नेपाली), सरस्वती माविकै सन्ध्या पौडेल (अङ्ग्रेजी), सुनौला माविका सबिना अर्याल (गणित), दुर्गादेवी माविका बिनिसा अमात्य (विज्ञान), इन्द्रायणी माविका सरस्वती कार्की (सामाजिक), दुर्गादेवी माविका सुवाश जोशी (स्वास्थ्य तथा शारीरिक), नारायण बहादुर कार्की (थाहा ज्ञानमाला) सम्मानित हुनु भएको छ । 
संस्थागत विद्यालयका उत्कृष्ट शिक्षकहरुतर्फ पालुङ भ्याली हार्ट एकेडेमीका सुर्जमाया श्रेष्ठ (नेपाली), पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका मोहन सिंह वाइबा (अङ्ग्रेजी), सरस्वती विद्या मन्दिरका इश्वर महर्जन (गणित), पालुङ अङ्ग्र्रेजी आवासीय माविका विराज रायमाझी (विज्ञान), पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका सीता कुँवर (सामाजिक), इअन इङ्ग्लीस एकेडेमीका कमल गोपाली (स्वास्थ्य तथा शारीरिक) र पालुङ भ्याली हार्ट एकेडेमीका सम्झना केसी (थाहा ज्ञानमाला) सम्मानित हुुनु भएको छ` । 
सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुमा सुनौला माविका सलिना थिङ प्रथम, सुन्दरीदेवी माविका जेनिफा वाइबा दृतीय र झम्केश्वरी माविका स्मृका प्रधान तृतीय पुरस्कृत हुनु भएको छ । यसैगरी संस्थागत विद्यालयका विद्यार्थीतर्फ सरस्वती विद्या मन्दिरका आरध्या उप्रेती, आशिष दोङ र उज्वल श्रेष्ठ क्रमशः प्रथम, दृतीय र तृतीय स्थानबाट पुरस्कृत हुनु भएको छ । प्रथम, दृतीय र तृतीय भएका विद्यार्थीहरुलाई जनही ५ हजार, ४ हजार र ३ हजार रुपियाँबाट पुरस्कृत गरिएको हो ।   

थाहा नगरमा गत कक्षा ८ मा ९४ प्रतिशत र एसईईमा ५७ प्रतिशत नतिजा हासिल गरेको थियो ।
 

Comments

KATHMANDU WEATHER