Byroad News

Loading...

मकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी


मकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी

थाहानगर/२४ फागुन
मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका महेशकुमार बर्तौलाई ११ हजार २०४ मतान्तरले पराजित गर्नु भएको हो । 

उप्रेतीले ३० हजार ५०  मत प्राप्त गर्दा बर्तौलाले १८ हजार ८४६ मत मात्रै गर्नुभयो । यस्तै, नेपाली कांग्रेसका उमेदवार बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गर्नु भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार लवशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा ९१ हजार २४१ मत खसेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER