Byroad News

Loading...

महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन


महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन

थाहा नगर/१७ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहा नगर कमिटीले आफ्नो चुनावी तयारीलाई तीव्र पारेको छ ।

शनिबार थाहा नगरस्थित जेसीज हलमा सम्पन्न नगर स्तरीय विस्तारित भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बलराम बलको संयोजकत्वमा ९१७ सदस्यीय विशाल ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।

​भेलाले निर्वाचनका विभिन्न पक्षलाई चुस्त बनाउन निम्न बमोजिमका जिम्मेवारी बाँडफाँड गरेको छ । निर्वाचन परिचालन कमिटी निर्माण गरेर त्यसको संयोजकमा बलराम बल, सह-संयोजकहरूमा चित्र बहादुर बलामी, अच्युतम ढकाल र कल्पना बलामी तथा सचिवमा सुरेन्द्रमान प्रधान चयन हुनुभएको छ । त्यसैगरी स्वयंसेवक परिचालन कमिटीको संयोजकमा विजय बलामी, सह संयोजकमा भाइकाजी बलामी, सचिव सुमन रायमाझी जिम्मेवारी तोकेको छ । प्रचारप्रसार कमिटीको जिम्मेवारी सुमन रायमाझीलाई तोकेको छ । आर्थिक व्यवस्थापनमा बिमल ढकाल संयोजक, अनुगमन कमिटीमा बुद्धरत्न मानन्धरको संयोजकत्वमा १७ सदस्यीय कमिटी निर्माण गरेको छ । 
​यसका साथै थाहा नगरका १२ वटै वडाहरूमा निर्वाचन परिचालन कमिटीका संयोजक र सह-संयोजकहरू समेत तोकिएको एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीले जानकारी दिनुभयो ।
​एमाले नेता गोकुल बास्कोटा प्रमुख अतिथि रहेको भेला मार्फत बास्कोटाले कानूनको अध्ययन र अभ्यास गरेका र सुभाष नेम्बाङको झल्को दिने, मृसुभाषी महेश बर्तौला सभामुख, मन्त्री जस्ता जिम्मेवारी सहजै निर्वाह गर्न सक्ने सक्षम व्यक्ति हो । तपाईंहरु बर्तौलालाई जिताएर पठाउनुहोस् भूमिकाले र अहिलेको माहोलले बर्तौला जस्ता शिक्षित युवा खोजेको हुंदा यस क्षेत्रको बिकासलाई थप सम्बोधन गर्न सक्ने गरिको जिम्मेवारी पार्टीले दिनेछ भनेर वताउनु भयो ।
​कार्यक्रमका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफूले छोटो कार्यकालमा पनि जनताको सरोकारका विषयलाई संसदमा प्रभावकारी ढंगले उठाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, "म संसद चल्दा संसदभित्र र नचल्दा जनताको दैलोमा छु । थाहा, भीमफेदी र राक्सिराङ जस्ता भूगोलका समस्यालाई सरकारसम्म पुर्‍याउन मैले कुनै कसर बाँकी राखेको छैन ।"

​एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष हिदम लामाले बर्तौलालाई एमबिबिएस, एमपिए र एलएलबी जस्ता उच्च शिक्षा हासिल गरेका योग्य युवा उम्मेदवारको रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, "जातजाति वा सम्प्रदायका नाममा हुने भ्रमबाट मुक्त हुनुहोस्। थाहा नगरको पहिचान र विकासका लागि बर्तौला नै सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ ।"

​भेलामा नेपाली काँग्रेस परित्याग गर्दै ८६ वर्षीय वीर बहादुर गोले एमाले पार्टी प्रवेश गर्नु भएको छ । लामो समय नेपाली काँग्रेसमा आबद्ध रहनुभएका गोलेले एमालेको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गर्नुभएको हो ।

​भेला मार्फत एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आगामी माघ २० गते थाहा नगरका सबै वडाहरूमा एकैसाथ विस्तारित बैठक आयोजना गर्न निर्देशन दिनु भएको छ ।
​कार्यक्रममा एमाले केन्द्रीय सदस्य भारती पाठक, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला उपाध्यक्ष हिदम लामा, अच्युतम ढकाल, कल्पना बलामी, रामहरी लामिछाने, अनेमसंघ जिल्ला सचिव सुशीला मल्ल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Comments

KATHMANDU WEATHER