थाहानगर/२६ असार
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अब अर्को सूचना नआउञ्जेलका लागि राष्ट्रिय परिचयपत्रका लागि कार्यालय समय हेरफेर गरेको छ ।
सेवाग्राहीको चाप न्यून हुँदै गएको जनाउँदै अर्को सूचना नआउञ्जेलका लागि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म राष्ट्रिय परिचयपत्रका लागि सेवा प्रवाह हुने जनाएको हो ।
यसअघि असार ८ गतेदेखि सेवाग्राहीको चापलाई मध्यनजर गरी विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा दिइँदै आएको थियो ।

Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
2 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments