- थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
- एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी
- महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन
- रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
- थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने
२५ असार, काठमाडौं । ऋण असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यले पदभार ग्रहण गरेका छन् । बुधबार नवनियुक्त अध्यक्ष सहित सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने ऋण उठाउन चुनौतीपूर्ण रहेको बताए । आफूहरू स्थापनाको चरणमा रहेको र काम छिट्टै कार्यान्वयन गर्ने बताए ।
विभिन्न अदालतमा सहकारीका ऋणसम्बन्धी मुद्दा रहेको भन्दै ती मुद्दा न्यायाधीकरणमा पनि आउने उनले बताए । सुरुमा नै मुद्दाको चाप बढ्ने देखिएको उनको भनाइ छ ।
‘काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भए पनि काम गर्ने गर्ने छौं,’ उनले भने । बचतकर्ताले बचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरूको बचत फिर्ता गराउनु आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ ।
उनले सबै क्षेत्राधिकार आफूहरूलाई रहेको बताए । बस्नेतको अध्यक्षतामा गठित न्यायाधीकरण सदस्यमा धनकुटाका बसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरे छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।
-अनलाइन खबर
-
2 weeks agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-
-

Comments