थाहानगर/१८ वैशाख
नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज थाहा नगर कमिटीको अध्यक्षमा पुन: अशोक खाती निर्विरोध चयन हुनु भएको छ ।
१८ वैशाखमा पालुङमा सम्पन्न दोस्रो नगर अधिवेशनले खातीको अध्यक्षतामा १४ सदस्यीय नगर कमिटी निर्विरोध चयन गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी सुनार र कोपिला विश्वकर्मा, सचिवमा सन्दिप सुनार, उपसचिवद्वयमा रोशन सिन्चिउरी विश्वकर्मा र सृजना रोका, कोषाध्यक्षमा भक्ति परियार चयन हुनु भएको छ ।
कमिटीको सदस्यहरुमा सानुमैया विक, साधुराम विक, केदार परियार, उर्मिला विक, कमल सुनार, नारायण ल्वागुन, रोशनी मिजार चयन हुनु भएको छ ।
खातीको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा मुक्ति समाज बागमती प्रदेश कमिटी उपसचिव दिपेश परियारको प्रमुख आतिथ्यतामा भएको हो । अधिवेशनमा प्रमुख अतिथि परियार, नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं मुक्ति समाज मकवानपुर ईञ्चार्ज सर्मिला विश्वकर्मा, एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, मुक्ति समाज बागमती प्रदेश सचिवालय सदस्य रमेश सिन्चिउरी विश्वकर्मा, जिल्ला अध्यक्ष गोविन्द विश्वकर्मा, जिल्ला सदस्य रमेश नेपाल, कुमार मिजारलगायतले शुभकामना दिनु भएको थियो ।
-
3 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments