Byroad News

Loading...

युवा संघबाट विरामीलाई आर्थिक सहयोग


युवा संघबाट विरामीलाई आर्थिक सहयोग

थाहानगर/२१ फागुन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर कमिटीले अधिवेशनकै दिन विरामीलाई आर्थिक सहयोग गरेको छ ।

नगर अधिवेशनको अवसरमा थाहा ७ का मृगौला रोग पीडित जुनु तमाङलाई १७ हजार ७ सय ७० रुपियाँ आर्थिक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष सुमन रायमाझीले जानकारी दिनुभयो । अध्यक्ष रायमाझीले अधिवेशनमा संकलन गरी पीडित तमाङका भिनाजू शरण मोक्तानलाई बुझाइएको हो । 

पीडित जुनु तमाङलाई थप सहयोग गर्न युवा संघले अपिल पनि गरेको छ । 

Comments

KATHMANDU WEATHER