
थाहानगर/२ माघ
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन नेपाल) अन्तर्गतका विद्यालयहरुको कक्षा १० को प्री-बोर्ड परीक्षा माघ ६ गतेदेखि देशभर हुने भएको छ ।
माघ ६ गतेदेखि हुने परीक्षालाई मर्यादित र व्यवस्थित गर्न थाहा नगर प्याव्सनले माघ २ गते बैठक राखी विभिन्न निर्णयहरु गरेको छ । बैठकले थाहा नगरका हिमालयन इङलिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, पालुङ अङ्ग्रेजी आवासीय विद्यालय र पालुङ मोडर्न इङलिस मिडियम स्कुलका ८० जना विद्यार्थीहरुका लागि पालुङ क्याम्पस केन्द्र तोकेको छ ।
यसैगरी बज्रबाराहीस्थित इअन इङलिस एकेडेमी र सरस्वती विद्या मन्दिरका ५१ जना विद्यार्थीहरुका लागि बज्रबाराही मावि केन्द्र तोकेको प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
परीक्षा माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
Featured News
-
3 days ago
म्यानको साधारणसभा जेठ १७ मा हुने
-
5 days ago
अन्याय विरुद्व लड्न युवा संघलाई आग्रह
-
2 weeks ago
मुक्ति समाज थाहा नगरको अध्यक्षमा पुन: खाती चयन
Comments