
थाहानगर/१५ पौष
नेकपा एमाले थाहा नगर कमिटीका सदस्यहरुलाई गाउँ गाउँमा हुने विकास निर्माणमा निगरानी गर्न नेतृत्वले आग्रह गरेको छ ।
१५ पौषमा भएको पाचौं नगर कमिटीको पूर्ण बैठकमा अध्यक्ष सुरेन्द्रमान प्रधानले स्थानीय सरकार, प्रादेशिक र संघीय सरकारबाट वजेट विनियोजन भई काम हुने उपभोक्ता समिति वा ठेक्का विधिबाट जुनसुकै काम भएपनि निगरानी गरेर गुणस्तरको काम गराउन सचेत गराउनु भयो ।
बैठकमा अध्यक्ष प्रधानले सरकारी वा गैसरकारी जुनसुकै निकायबाट हुने सेवा प्रवाह बारे सचेत रहदै सुशासन कायम गराउन भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । विभिन्न ७ वटा प्रस्तावहरुमा निर्णय गरेको एमाले थाहा नगरको बैठकले पार्टी अनुशासन भंग गरेका कार्यकर्ताहरुलाई जिम्मेवारीबाट हटाएको छ ।
एमाले मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा भएको बैठकमा लामाले मुलुक परिवर्तन एमालेले मात्र गर्न सकिने स्पष्ट देखेको बताउदै आफूले जिम्मा लिएका कामहरु इमान्दारिताका साथ बहन गर्दै अरुलाई पनि खबर गर्न आग्रह गर्नुभयो ।
बैठकमा एमाले जिल्ला कमिटी सदस्य विमल कुमार ढकाललगायतका नेताहरुको आतिथ्यता थियो ।
-
3 weeks ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
1 month ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments