Byroad News

Loading...

अनेमसंघ थाहामा यसोदा अधिकारीको नेतृत्व


अनेमसंघ थाहामा यसोदा अधिकारीको नेतृत्व

थाहानगर/१२ पौष

नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ थाहा नगर कमिटीको अध्यक्षमा यसोदा अधिकारी सर्वसम्मत चयन हुनु भएको छ । 

पौष १२ गते सम्पन्न तेस्रो नगर सम्मेलनले अधिकारीको नेतृत्वमा ३३ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मेनुका ढकाल, सचिव जानकी श्रेष्ठ, कोषाध्यक्ष गङ्गा घले र उपसचिवमा निशा दोङ निर्विरोध हुनु भएको छ ।

कमिटीका सदस्यहरुमा दुर्गा विडारी, प्रतिमा श्रेष्ठ, सावित्रीदेवी ढकाल, निर्मला ढकाल, बिमला कार्की, अनिता कार्की, पार्वती अधिकारी, सृजना अधिकारी, राधिका खड्का, सपना वाइबा, सविता सुवेदी, सुमित्रा लामा, काइलीमाया थिङ, मुना माया मोक्तान, कान्छीमाया वाइबा, रोजिना महर्जन र बिमला जिम्बा चयन हुनु भएको छ । 

यसैगरी कमिटीको सदस्यहरुमा रोजिना महर्जन, बिमला जिम्बा, जानुका बस्नेत, बिपना गमाल, सोममाया बल, सरिता गोले, सुशिला मगर, सुकुमाया स्याङ्तान, राधा गोपाली, मेनुका बर्तौला, बिमला गोले, सुनिता माया लामा र पार्वती सुनार सर्वसम्मत चयन हुनु भएको छ ।

यसोधा अधिकारीको सभाध्यक्षतामा सम्पन्न नगर सम्मेलनमा प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सदस्य पार्वती राना, जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले प्रदेश कमिटी सदस्य बरिना बल, जिल्ला सदस्यहरु बिमल ढकाल, हरि गोपाली, सुनिता दोङ, तुलसा विष्ट, नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेम कुमार थिङ, सचिव सुजन कुमार रायमाझी, पूर्व सचिव रामकृष्ण बस्नेत, नगर सदस्यहरु गौतमराज श्रेष्ठ, राजाराम रायमाझी, किशु रायमाझी, कमल कार्की, गोमा कार्कीलगायतको आतिथ्यता थियो । नवगठित कमिटीलाई जिल्ला अध्यक्ष काफ्लेले शपथ गराउनु भयो ।

सम्मेलनको अवसरमा बिगतमा अनेमसंघको नेतृत्व लिई संगठनलाई पुर्‍याएको योगदानको कदर गर्दै १२ जना पूर्व महिला नेताहरुलाई सम्मान गरिएको थियो । 

सम्मानित हुनेहरुमा थाहा ४ का सान्नानी अधिकारी, थाहा १ का गौरी प्रधान, थाहा १ का ठुली गोले, थाहा २ का सावित्री बस्नेत, थाहा ५ का चमेली माया वाइबा, थाहा ५ का कान्छीमाया वाइबा, थाहा ६ का सविता सुवेदी, थाहा ६ का पूर्ण कुमारी श्रेष्ठ, थाहा ९ का रीता सिं ठकुरी, सावित्री लामिछाने, पवित्रा लामिछाने, थाहा १२ का माइली गोले रहनु भएका छन् ।

Comments

KATHMANDU WEATHER