काठमाडौं/१७ मंसिर
बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ ।
सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले साँसद महेश बर्तौलाले केही समयअघि सदनमा हेटौंडा-काठमाडौं सार्बजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताउनु भएको थियो ।
१९८२ सालमा नै हेटौंडाको चौकिटोलदेखि काठमाडौंको टेकु भन्सारसम्म रोपवे संचालन भएको थियो । यो रोपवे भिमफेदी-कुलेखानी भएर यात्रा गर्दा बाटोबाट तारमा झुण्डिरहेको डिब्बा देख्न सकिन्छ । यो जिर्ण अवस्थामा भएको रोपवेकै ठाउँमा आधुनिक सार्वजनिक यातायातको साधन पोडवे संचालन गर्न सकिन्छ भनेर बर्तौलाले बिषय उठान गर्दै आइरहनु भएको हो ।
आज भएको प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको बिआरआई कार्यान्वयनको सुचिमा यो परियोजना समावेश रहेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुपूर्व यी लगायत धेरै वटा परियोजनाहरु हिजै मन्त्रीपरिषदको बैठक राखेर एजेन्डाको रुपमा पास गरिसक्नु भएको छ । बिआरआइमा यो परियोजना हस्ताक्षर भएर कार्यान्वयन हुन सके हेटौंडा-काठमाडौंको जोखिमपूर्ण यात्रा सहज यात्रामा परिणत हुनेछ ।
अहिले हेटौंडाबाट काठमाडौं जाँदा करिव ३ घण्टा भन्दा बढी जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा नारायणघाट-मुग्लिन भएर यात्रा गर्नुपर्ने बाध्यता छ । यो पोडवे संचालनमा आउँदा करिव आधा घण्टाकै समयमा हेटौंडा-काठमाडौं यात्रा गर्न सकिन्छ । यसले काठमाडौंसंग हेटौंडालगायत आसपासका जिल्ला र प्रदेशहरु तथा छिमेकी राष्ट्र भारतको पहुँच वृद्धि हुनेछ ।
तस्वीर: गूगल
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments