थाहानगर/११ मंसिर
पालुङ जेसीज वर्ष २०२४ को जेसीज सप्ताह अन्तर्गतको तेस्रो दिन मंगलबार न्यानो कपडा वितरण गरेको छ ।
निवर्तमान अध्यक्ष संगम कार्कीले उपलब्ध गराउनु भएको न्यानो कपडा ५ परिवारलाई उपलब्ध गराएको हो । थाहा ३ का हरि बहादुर गाेपाली, थाहा ४ का सुन्तली विक, थाहा ४ का चिनी मायाँ नेपाली, थाहा ३ का राजकुमार सुनार र थाहा २ का बैकुण्ठ श्रेष्ठलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक अजय कार्कीले जानकारी दिनुभयो । अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मुल कार्यक्रम संयोजक मान सिंह दोङलगायत पूर्व अध्यक्षहरुको उपस्थिति थियो ।
Featured News
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments