थाहा नगर/१ भदौ
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगरपालिका वडा नम्बर ५ मा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
भदौ १ गते नगर अधिवेशन आयोजक कमिटी सदस्य शारदा कार्कीको सभाध्यक्षतामा भएको अधिवेशनलल्ले सुशिला भ्लोनको अध्यक्षतामा कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा दिपा विडारी, सचिव अनिता गोले, उपसचिव बिमला खड्का चयन हुनु भएको छ ।
कमिटीको सदस्यहरु सुकुमाया लामा, राममाया खड्का, सुस्मिता तामाङ, सबिता घलान, चन्द्रमाया पाख्रीन, मन्दिरा गोले, सान्नानी गोले, सपना वाइबा, राधिका खड्का, बिनिता पाख्रीन चुनिनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा नगर ईञ्चार्ज बिमल कुमार ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला सदस्य सुनिता दोङ, नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, अनेमसंघ नगर अधिवेशन आयोजक कमिटीका संयोजक यसोदा अधिकारी, एमाले नगर उपसचिव सुर्य बहादुर दोङ, नगर सचिवालय सदस्य गणेश बहादुर खड्का, नगर सदस्य श्यामसुन्दर भोम्जन, गगन श्रेष्ठ, कमल कार्की, बिमला पाख्रीन, इन्द्रबहादुर वाइबा, अनेमसंघ नगर सचिव जानकी श्रेष्ठ, एमाले ५ नम्बर वडा कमिटी अध्यक्ष शिवराज स्याङ्तानलगायतको आतिथ्यता थियो ।
अधिवेशनमा प्रमुख अतिथि ढकाल, नगर अध्यक्ष प्रधान, वडा अध्यक्ष गुरुङ, जिल्ला सदस्य दोङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments