Byroad News

Loading...

एमाले थाहा सचिवालयको बैठकले गर्‍यो विभिन्न निर्णय


एमाले थाहा सचिवालयको बैठकले गर्‍यो विभिन्न निर्णय

थाहानगर/३२ साउन

नेकपा एमाले थाहा नगर सचिवालय कमिटीको बैठकले विभिन्न निर्णय गरेको छ ।

साउन ३२ गते अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता तथा संघीय निर्वाचन क्षेत्र नम्बर २ का ईञ्चार्ज तथा जिल्ला पर्यटन विभाग प्रमुख शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको हो ।

बैठकले नगर कमिटी सदस्यहरुमा धर्मलाल प्रधान, कृष्ण माया केसी, केदार विष्ट, कमल कार्की, सानुकान्छा थिङ, उत्तम गोपाली, कृष्ण बलामीलाई मनोनीत गरेको छ । बैठकले रिक्त रहेको महिला उपसचिवमा शान्ता रिमाललाई मनोनयनका लागि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला सदस्य तथा थाहा नगर ईञ्चार्ज बिमल कुमार ढकाल, सह-ईञ्चार्ज डम्बर लामा, जिल्ला सदस्यहरु सुनिता दोङ, तुलसा बिष्ट समेतको आतिथ्यतामा सम्पन्न बैठकले रिक्त वडा ईञ्चार्जहरुमा जिम्मेवारी समेत दिएको छ । वडा नम्बर १ को ईञ्चार्जमा धर्मलाल प्रधान, २ मा गौतम राज श्रेष्ठ, ३ मा विष्णु विष्ट, ८ मा बद्री थापा, ९ मा रामकृष्ण कपाली, १० मा झलकचन गमाल र ११ मा देवलाल मुक्तानलाई जिम्मेवारी दिने निर्णय गरेको नगर उपसचिव सुर्य बहादुर दोङले जानकारी दिनुभयो ।

बैठकले अध्यक्ष प्रधानले प्रस्तुत गरेको वार्षिक कार्ययोजना समेत अनुमोदन गरेको छ । कार्ययोजनामा संगठन संचालन विधि, जनवर्गीय संगठनहरुको जिम्मेवारी, सदस्यता विस्तार अभिलेखिकरण, विकास निर्माण, जनजीविका, विपद व्यवस्थापन, सामाजिकीकरण, स्थानीय सरकार र सरकारी कार्यालयहरुसंग सम्बन्धित सुशासन, पार्टीको आर्थिक व्यवस्थापन, जनतासंग प्रत्यक्ष जोडिने कार्यक्रमहरु, बैठक पद्धति, भेला तथा प्रशिक्षणलगायतका प्रभावकारी कार्यक्रमहरु समावेश रहेको उपसचिव दोङले जानकारी दिनुभयो ।

बैठकले विगतलाई समीक्षा गर्दै भावी कार्यक्रमहरु तय गरेको छ ।

Comments

KATHMANDU WEATHER