Byroad News

Loading...

थाहाको मागलाई प्राथमिकता दिएको मन्त्री श्रेष्ठको भनाई


थाहाको मागलाई प्राथमिकता दिएको मन्त्री श्रेष्ठको भनाई

थाहानगर/१० असार

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठले थाहाको जनताको मागलाई प्राथमिकता दिएको बताउनु भएको छ ।

आगामी वर्षका लागि विनियोजित वजेट सहि ढंगले कार्यान्वयन गर्न समेत मन्त्री श्रेष्ठले आग्रह गर्नु भयो ।

१० असारमा भ्रमणको सिलसिलामा थाहा नगर पुग्नु भएका मन्त्री श्रेष्ठले थाहा नगरपालिका प्रमुख विष्णु विष्ट, कार्यकारी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरिलगायतलाई भेटी यस्तो बताउनु भएको थियो । मन्त्री श्रेष्ठले अझै पनि छुट हुन पुगेका योजनाहरु भए समस्या लिएर आउन बताउनु भयो ।

आ.व. २०८१/०८२ का लागि थाहा नगरपालिकामा बागमती प्रदेश सरकारबाट कूल ४५ करोड ५८ लाख रुपियाँको वजेट विनियोजन भएको छ ।

यसैबीच, मन्त्री श्रेष्ठले नेकपा एमाले थाहा नगरका नेता तथा कार्यकर्ताहरुलाई वजेटको सहि कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनु भएको छ ।

प्रदेश सरकार तथा संघीय सरकारबाट विनियोजन भएका वजेट कार्यान्वयनमा जनता समेतको प्रत्यक्ष सहभागिता गराउन मन्त्री श्रेष्ठले जोड गर्नु भयो । नेकपा एमाले थाहा नगर कमिटीको कार्यालयमा भएको भेटघाट कार्यक्रममा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, सचिव सुजन कुमार रायमाझी, जिल्ला कमिटी सदस्य विमल कुमार ढकाल, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

Comments

KATHMANDU WEATHER