थाहानगर/१६ जेठ
पाँचौ थाहा गोल्डकपको उपाधि थाहा ४ दोबाटोको ऋषेश्वर ११ फुटबल क्लबले हात पारेको छ।
थाहा नगरको इन्द्रायणी चौर खेल मैदानमा १६ जेठमा भएको फाइनल खेलमा चित्लाङ खेलकुद विकास समिति चित्लाङलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ ले उपाधी हात पारेको हो।
ऋषेश्वरको जितमा अमित तामाङले १ गोल, रिचार्ड विल्सनले ३ गोल, सन्जोग मोक्तानले १ गोल र सुनिल तामाङले २ गोल गर्दै टिमलाई बिजयी गराए।
ऋषेश्वर ११ का रिचार्ड विल्सनले प्रतियोगितामा ७ गोल गर्दै हाइ स्कोरर हुँदा वेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ र उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल हुन सफल भएभने प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर ११ का प्रदिप गुरुङ भए विजेता बनेसंगै ऋषेश्वर ११ ले नगद २ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेभने उपविजेता चित्लाङले नगद १ लाखसहित मेडल तथा प्रमाणपत्र हात पारे ।
विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजारसहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपियाँ प्रदान गरियो।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई थाहा नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीलगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।
शिखर क्लवका अध्यक्ष विश्व अर्यालको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा शिखर क्लवका पूर्व खेलाडीहरु तथा पूर्व अध्यक्षहरुलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
प्रतियोगिता थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा जेष्ठ १२ गतेदेखि सुरु भएको थियो।
तस्वीर: शम्भु अधिकारी
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments