थाहानगर/२२ चैत्र
थाहा नगरपालिका वडा नम्बर ८ का किसानहरुलाई दोस्रो पटक कृषि औजारहरु वितरण गरेको छ ।
२२ चैत्रमा थाहा नगरपालिका वडा नम्बर ८ मा आग्रा कृषि सहकारी संस्थामार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि विकास निर्देशनालय बागमती प्रदेशको मकै बाली प्रवर्द्धन कार्यक्रम मार्फत कृषि औजारहरु वितरण गरिएको वडाध्यक्ष हेम कुमार थिङले जानकारी गराउनु भयो ।
तरकारी बाली प्रवर्द्धनको निमित्त मिनी टिलर ७ एचपी २० वटा, मकै छोडाउने मेशिन ६ थान, मकै रोप्ने मेशिन ड्रम सिडर १, कम्बाइन च्याख्ला बनाउने मिल ९ वटा, डिजिटल काटा १ सय किलोको १४ वटा, त्रिपाल १८.२४ फिटको ३० थान, घट्ट मिल सानो ४ वटा र ई स्प्रेयर १४ वटा वितरण गरिएको हो ।
Featured News
-
-
-
1 month agoथाहाको बजेट ९१ करोड

Comments