Byroad News

Loading...

महिलाहरुका लागि ३९० घन्टे सिलाई प्रशिक्षण सुरु


महिलाहरुका लागि ३९० घन्टे सिलाई प्रशिक्षण सुरु

थाहानगर/१५ चैत्र

थाहा नगरपालिका ३ थाना बजारमा महिलाहरुका लागि ३ सय ९० घन्टे सिलाइ कटाइ प्रशिक्षण सुरु भएको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको व्यवस्थापनमा प्रशिक्षण सुरु भएको हो ।

आवासीयसहितको प्रशिक्षणमा विभिन्न स्थानका १६ जना महिलाहरु सहभागी छन् । प्रशिक्षण आरति श्रेष्ठले दिनु हुनेछ ।

१५ चैत्रमा उद्घाटन गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले तालिमले स्वरोजगार बनाउन सहयोग हुने हुँदा प्रशिक्षार्थीहरुले नियमित रुपले इमान्दारिताका साथ प्रशिक्षण लिन आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रशिक्षण आयोजक मन्त्रालयका सचिव एवम् सभाध्यक्ष राजेन्द्र कुमार केसीले महिलाहरुलाई सीपयुक्त नागरिक बनाउने उद्देश्य अनुरुप यो तालिमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा महासंघका कोषाध्यक्ष कविराज खत्री, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

Comments

KATHMANDU WEATHER