Byroad News

Loading...

जेसीजद्वारा विद्यार्थीका लागि "गोल सेटिङ" तालिम प्रदान


जेसीजद्वारा विद्यार्थीका लागि "गोल सेटिङ" तालिम प्रदान

थाहानगर/८ चैत्र

पालुङ जेसीजले कक्षा १२ का विद्यार्थीहरुलाई "गोल सेटिङ" तालिम प्रदान गरेको छ ।

८ चैत्रमा पालुङ जेसीजले जनकल्याण माविको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई "गोल सेटिङ" तालिम प्रदान गरिएको हो ।

पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा र जनकल्याण माविका प्रधानाध्यापक तथा पालुङ जेसीजका पूर्व अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यतामा भएको तालिममा ५८ जना विद्यार्थीहरु सहभागी थिए ।

पालुङ जेसीजका पूर्व अध्यक्ष कुमार नेगीले सहजीकरण गर्नु भएको तालिममा पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानले लक्ष्य प्राप्तिका लागि "गोल सेटिङ" तालिम प्रभावकारी हुने भएकोले विद्यार्थी केन्द्रीत गरिएको बताउनु भयो ।

तालिमको औपचारिक कार्यक्रममा कार्यकारी उपाध्यक्ष मान सिं दोङले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्षहरु जयराम खत्री, मनोज रायमाझी, निवर्तमान अध्यक्ष संगम कार्कीलगायतको आतिथ्यता थियो ।

Comments

KATHMANDU WEATHER