थाहानगर/१९ माघ
थाहा नगरपालिका वडा ३ स्थित जनकल्याण माविको ५६ औं वार्षिकोत्सब शुक्रबारदेखि सुरु भएको छ ।
शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव स्याङ्दानको सभाध्यक्षता र थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको छ ।
उद्घाटनको अवसरमा प्रमुख अतिथि विष्ट, विव्यस अध्यक्ष स्याङ्दान, प्रधानाध्यापक सानोभाइ कार्कीले मन्तव्य व्यक्त गर्नु भयो । नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, प्याब्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ क्याम्पस प्रमुख राजन मिश्र, पालुङ रेडक्रस सोसाइटीका सभापति केदार प्रसाद विडारी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, पूर्व विद्यार्थी कालिचरण बस्नेत, स्थानीय स्काउट थाहा नगरका संयोजक गणेशमान श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल, थाहा नगर शिक्षा समिति सदस्य अर्जुन सुनार, दामन कृषि सहकारीका कोषाध्यक्ष रामशरण खत्रीलगायत विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको आतिथ्या रहेको थियो।
बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित थाहा नगर स्तरीय प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा जनकल्याण मावि प्रथम भएको छभने चित्लाङस्थित क्लिफ्टन एकेडेमी द्वितीय र सरस्वती आधारभुत विद्यालय तृतीय भएको छ । प्रतियोगितामा २४ वटा प्राथमिक तहका विद्यार्थीहरुले सहभागिता थियो । प्रतियोगितामा पालुङ अङ्ग्रेजी आवासीय माविले सान्त्वना हात पारेको छ ।
प्रतियोगिताको निर्णायकहरुमा नव क्षितिज कला केन्द्रका प्रशिक्षक श्रीकृष्ण श्रेष्ठ र कृति लो रहेका थिए ।
उद्घाटनअघि विद्यार्थीहरुले प्रभात फेरी गरेका थिए। प्रअ कार्कीका अनुसार २० गते शनिबार जनकल्याण माविको बिगत, वर्तमान र भविष्य बिषयक पूर्व बिद्यार्थी अन्तरक्रिया कार्यक्रम र माटो परीक्षण कार्यक्रम हुनेछ । २१ गते आइतबार स्थानीय समुदायको सरसफाईका साथै सम्मान, पुरस्कार वितरण र समापन कार्यक्रम गरिनेछ ।
वि.सं. २०२५ सालमा स्थापना भएको बिद्यालयमा हाल साधारण शिक्षातर्फ बालबिकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ । कक्षा ११ र १२ मा साधारण शिक्षातर्फ मानबिकी, ब्यबस्थापन, शिक्षा शास्त्र र बिज्ञान संकायको अध्ययन भइरहेको छ । प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ सम्म बाली बिज्ञान र सीटीईभीटीअन्तर्गतको ३ बर्षे बाली विज्ञान अध्यापन भइरहेको छ ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments