थाहानगर/१८ माघ
बोधिचर्य फाउन्डेशनद्वारा आयोजित तीन दिने बृहत शान्ति तथा ध्यान सिविर शुक्रबार सकिदैछ । सिविर माघ १७ गतेदेखि थाहा नगरपालिका जेसीज मार्गस्थित जेसीज हलमा जारी छ ।

शान्ति तथा ध्यान सिविरमा विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरु सहभागी छन् ।
भारतको मैसुरबाट आउनु भएका गुरुहरु खेन्पो पेमछेरिङ, खेन्पो ग्यालजेन तामाङ र खेन्पो टासीदोर्जे तामाङले ध्यान सिविरमा सहजीकरण गरिरहनु भएको छ ।
सिविरमा सहभागी विद्यालय तथा स्थानीयलाई फाउन्डेशनका अध्यक्ष पवन लामाले धन्यवाद दिनु भएको छ ।
तस्वीरहरु: सिजन लो तामाङको फेसबुकबाट
Featured News
-
3 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments