थाहानगर/१५ माघ
रोटरी क्लव अफ मकवानपुरले थाहा नगरपालिका १ स्थित झम्केश्वरी माविका एक सय ४५ जना विद्यार्थीहरुलाई ट्र्याकसेट वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई ट्र्याकसेट वितरण गरिएको हो । झम्केश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनीकुमार पराजुली, कार्यक्रम संयोजक रबिन्द्र अधिकारी, रोटरियनहरु अनिल अग्रवाल, मनोज ढोढारी, पवन तिमिल्सिना, पुर्ण प्रसाद अर्याल, उमेश सिग्देल, दामोदर पाठक, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, झम्केश्वरी मावि व्यवस्थापन समिति सल्लाहकार सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रधानाध्यापक गणेशमान श्रेष्ठ, सल्लाहकार सुरेन्द्रमान प्रधान, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनी कुमार पराजुली, सभाध्यक्ष प्रदिप प्रधानले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments