Byroad News

Loading...

लायन्स क्लवद्वारा जनकल्याणका डेढ सय विद्यार्थीको दन्त परिक्षण


लायन्स क्लवद्वारा जनकल्याणका डेढ सय विद्यार्थीको दन्त परिक्षण

थाहानगर/१३ माघ

पालुङको जनकल्याण माविका डेढ सय विद्यार्थीहरुको दन्त परिक्षण गरिएको छ । लायन्स क्लव अफ थाहा पिसको व्यवस्थापन तथा काठमाडौं डायमन्ड नारी शक्तिको प्राविधिक सहयोगमा नि:शुल्क दन्त सिविरको आयोजना गरिएको हो ।

डा. सबिता सिग्देल र डा. समीक्षा ढकालले जनकल्याणका विद्यार्थीहरुको दन्त परिक्षण तथा उपचार गरेका हुन् । सिविरमा सहभागी विद्यार्थीहरुलाई ब्रस, मन्जन, माउथ वासलगायतका सामग्रीहरु समेत वितरण गरिएको लायन्स क्लव अफ डायमन्ड नारी शक्तिका अध्यक्ष दिव्या घिमिरेले जानकारी दिनुभयो ।

थाहा पिसले काठमाडौंमा रहेका क्लवहरुसङ्ग सहकार्य गरि थाहामा विभिन्न कार्यक्रम गरिने थाहा पिसका अध्यक्ष गीता कार्कीले बताउनु भयो । 

तस्वीर: सिविरपछि सामुहिक तस्वीर खिचाउदै ।

Comments

KATHMANDU WEATHER