Byroad News

Loading...

थाहाको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहनेछ: विष्ट


थाहाको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहनेछ: विष्ट

थाहानगर/२३ भदौ
थाहा नगरका प्रमुख विष्णु बहादुर विष्टले कृषि र पर्यटनको क्षेत्रमा अघि बढिरहेको मकवानपुरको थाहानगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।

थाहा नगर उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभामा प्रमुख अतिथि विष्टले थाहानगरको समग्र विकासका लागि उद्योग वाणिज्य संघको भूमिका महत्त्वपूर्ण रहने हुँदा थाहामा लगानी भित्र्याउन निजी क्षेत्रलाई आव्हान गर्नु भयो ।

संघका अध्यक्ष कबिराज खत्रीको सभापतित्वमा सम्पन्न सभामा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, थाहा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरी, थाहा नगरपालिका ६ नम्बर वडा अध्यक्ष राजनभक्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र थाहाका सचिव लक्ष्मण विष्टलगायतले वर्तमान अवस्थामा निजी क्षेत्रले भोगिरहेको समस्यामा संस्थाले खेल्नु पर्ने भूमिकाका बारेमा बताउनु भयो । 

Comments

KATHMANDU WEATHER