Byroad News

Loading...

थाहानगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिमा अधिकांश सर्वसम्मत


थाहानगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिमा अधिकांश सर्वसम्मत

थाहानगर/२२ भदौ
मकवानपुरको थाहा नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि अधिकांश पदमा सर्वसम्मत हुने भएको छ ।

शुक्रबार भएको उमेदवारी दर्तामा आवश्यक संख्यामा मात्र उमेदवारी दर्ता भएपछि वाणिज्य सदस्य र उद्योग सदस्य बाहेकका पदमा सर्वसम्मत हुने भएको हो । 

संस्थाको विधान बमोजिम प्रत्यक्ष निर्वाचन विधिबाट छानिने अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह—कोषाध्यक्ष, वाणिज्य महिला सदस्य र वस्तुगत सदस्य पदमा सर्वसम्मत भएका हुन् ।

निर्वाचन अधिकृत विवेक मानन्धरका अनुसार शुक्रबार भएको उमेदवारी दर्तामा अध्यक्ष पदमा पुरुषोत्तम ढकाल, वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, उपाध्यक्ष (वाणिज्य)मा सुरेन्द्रमान प्रधान, उपाध्यक्ष (उद्योग)मा सानुकाजी गोपाली, उपाध्यक्ष (वस्तुगत) राजेन्द्र बिडारी, महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदिप प्रधान, सचिवमा श्रीराम कार्की, सह—कोषाध्यक्षमा निरोज प्रधान, महिला वाणिज्य सदस्यमा यशोदा अधिकारी र वस्तुगत सदस्यमा सुविन्द्रमान प्रधानको मात्र उमेदवारी परेपछि सर्वसम्मत हुने निश्चित भएको हो ।

यसैगरी, ७ वाणिज्य सदस्यका लागि ८ जनाको उमेदवारी दर्ता भएको छ । सो पदमा धर्मलाल प्रधान, ईश्वर कार्की, बलराम थापा, विक्रम के.सी., विश्वनाथ रायमाझी, यादव जंग रायमाझी, अंजल प्रधान र जयराम खत्री के.सी.को उमेदवारी परेको छ ।

यसैगरी, ४ उद्योगतर्फका सदस्यका लागि ५ जनाको उमेदवारी परेको छ । सो पदमा राजन प्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट, हरेराम कार्की र सहदेव ढकालको उमेदवारी परेको छ । संघका अध्यक्ष कविराज खत्रीका अनुसार सो पदहरुमा पनि सर्वसम्मत गराउने प्रयास जारी रहेको र भोलि शनिबारसम्म सर्वसम्मत हुने अपेक्षा रहेको खत्रीले बताउनु भयो ।
अधिवेशन शनिबार दिउँसो जेसीज हलमा हुनेछ ।             तस्वीरमा: उमेदवारी दर्ता गराउदै अध्यक्ष पदका उमेदवार पुरुषोत्तम ढकाल

Comments

KATHMANDU WEATHER