थाहानगर/२५ साउन
मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित भ्युटावरलाई २० वर्षसम्मका लागि भाडामा सञ्चालन गर्न दिन टेन्डर आव्हान गरेको छ ।
बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि न्यूनतम एक करोड रुपियाँमा दिनेगरी टेन्डर आव्हान गरेको हो ।
अघिल्लो ठेकेदार कम्पनीले कोभिड-१९ का कारण रिसोर्ट चल्न नसकेको भन्दै बिचैमा ठेक्का रद्द गरेपछि भुटावर सञ्चालक विहीन भएको थियो । सञ्चालक विहीन रहेको भ्युटावर ठेक्कामा लगाउन र दामन आएका पर्यटकहरुलाई सुविधा दिन यस अघि नै १८ लाख मूल्यको टिलिस्कोप जडान गरिसकेको छ । सो टेलिस्कोप र भ्युटावरको रेखदेख ४ नम्बर वडाले गर्दै आएको छ । अब थप व्यवसायिक बनाउने लक्ष्यका साथ नगरपालिकाले ठेक्कामा लगाउने निर्णय गरेको जनाएको छ ।
गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले ३० दिनभित्र बोलपत्र आव्हान गर्न सूचना जारी गरेको हो । सूचनामा सम्झौतासँगै २५ प्रतिशत अर्थात् २५ लाख रकम बुझाउनु पर्ने छ भने पाँच वर्षमा पहिलो किस्ता बापतको ३० प्रतिशत रकम बुझाउनु पर्ने छ । त्यसपछि दोस्रो किस्ता बापत ३० प्रतिशत १२ वर्ष भित्रमा बुझाउनु पर्ने र बाँकी १५ प्रतिशत रकम १९ वर्ष भित्रमा चुक्ता गर्नु पर्ने जनाएको छ ।
आन्तरिक राजश्व कार्यालयमा होटल तथा रिसोर्ट दर्ता गरि आ.व. ०७८/०७९ को कर चुक्ता गरेको फर्मले मात्र टेन्डर हाल्न सकिने जनाएको छ । ठेक्का पार्ने कम्पनीले नगरपालिकासङ्ग स्वीकृत गराएको भ्युटावर बाहेक सो परिसरमा अन्य होटल लगायतका संरचना निर्माण गर्न सक्नेछन् ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments