Byroad News

Loading...

थाहामा साउन २१ देखि करलगायतका संयुक्त सिविर हुँदै


थाहामा साउन २१ देखि करलगायतका संयुक्त सिविर हुँदै

थाहानगर/१५ साउन
थाहानगर उद्योग वाणिज्य संघले आउँदो साउन २१ गतेदेखि २४ गतेसम्म व्यवसायीहरु लक्षित गरी संयुक्त सिविर संचालन गर्ने भएको छ । 

संघले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले सिविरको आयोजना गरेको जनाएको छ । सिविरमा आन्तरिक राजश्व कार्यालयअन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ति विक्रीका लागि अन्तशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था सिविरमा हुनेछ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले बायोमेट्रिक विवरण बुझाउनु अनिवार्य रहेको हुँदा सो सेवा समेत यो पटकको सिविरमा हुनेछ । गत आर्थिक वर्षसम्मको कर भुक्तानी गरिसकेका वा गरेर बायोमेट्रिक गर्न सकिनेछ । 

यसैगरी, सिविरमा नेपाल गुणस्तर तथा नाप तौल विभागको कार्यालय समेत रहनेछ । ढक तथा तराजु, डिजिटल काँटा लगायतका नापतौल उपकरणहरु व्यवसायीहरुले वर्षेनि सो कार्यालयबाट प्रमाणिकरण गराउनु पर्ने कानुनी प्रावधान छ तर, विभागको कार्यालय वीरगञ्जमा रहेको र वीरगञ्जसम्म ढक तराजु पुर्‍याएर प्रमाणिकरण गराउन व्यवसायीहरुलाई असुविधा भएपछि संघले केहि वर्षदेखि नियमित रुपले थाहानगरमै सो सेवा समेत ल्याउने प्रवन्ध मिलाइएको संघका अध्यक्ष कविराज खत्रीले बताउनु भयो । प्रमाणिकरण र प्रमाणिकरण नवीकरण नगराई व्यवसायीले खरिद विक्रीमा ढक तराजु काँटा प्रयोग गरेमा महंगो जरिवानाको व्यवस्था छ । 

यसैगरी, सिविरमा ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध हुने जनाएको छ । सिविरमा थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरि नयाँ सदस्यता वितरणका लागि समेत सेवा दिइने जनाएको छ । 

नयाँ व्यवसायीहरुले फर्म दर्ताका लागि नागरिकताको प्रतिलिपि ४ प्रति, पासपोर्ट साइजको फोटो ६ प्रति, भाडाको घरमा भए घरधनीसँगको भाडा रुपियाँसहितको सम्झौता पत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, एकाध घरमा भए जग्गाधनी प्रमाणपुर्जासहित जग्गाधनीको मञ्जुरीनामा पत्र आवश्यक हुनेछ । 

Comments

KATHMANDU WEATHER