काठमाडौं/३१ असार
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपियाँले घटाएको छ ।
ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७ सय ९० रुपियाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपियाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १ सय ६४ रुपियाँ कायम भएको छभने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपियाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १ सय ४६ रुपैयाँ पर्नेछ ।
निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसङ्गै अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments