हेटौंडा/१२ असार
मकवानपुर जिल्लाको थाहा नगरमा बसेर निरन्तर साहित्य साधनामा क्रियाशील स्रष्टा बिर्खे अञ्जानलाई हेटौंडामा आयोजित एक समारोहबीच विशिष्ट युवा प्रतिभा सम्मान २०८० समर्पित गरिएको छ ।
असार ११ र १२ गते हेटौंडामा संचालित बागमती प्रदेश युवा सम्मेलनमा बिर्खे अञ्जानलाई सो सम्मान गरिएको हो ।
बागमती प्रदेशका १३ जिल्लाका १५० जना युवाहरूको उपस्थितिमा श्रम, सीप र व्यवसायलगायत सूचना र संचारको सन्दर्भमा छलफल भइ युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंबाट ११ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको थियो ।
सो कार्यक्रममा थाहाका साहित्यकार बिर्खे अञ्जानलाई नगद २५ हजार रुपियाँसहित प्रमुख अतिथि बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले सम्मानित गर्नु भएको हो ।
अञ्जानका एकल ४ वटा पुस्तक र सहलेखनका ३ वटा पुस्तक सहित ७ वटा कृति प्रकाशित छन् । बागमती प्रदेशको आर्थिक बर्ष २०७९ /०८० को वार्षिक कार्यक्रम अनुसार प्रतिस्पर्धा मार्फत उहाँ छनोट हुनुभएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बिर्खे अञ्जान मूलतः कवि हुन् । यसका अतिरिक्त समालोचना र कथा पनि उहाँबाट लेखिदै आएको छ ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments