थाहानगर/८ चैत्र
आउँदो चैत्र १७ गतेदेखि सञ्चालन हुने माद्यामिक शिक्षा परीक्षा (एसईई) का लागि शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले परीक्षा केन्द्रहरु निर्धारण गरेको छ ।
मकवानपुर भरिका लागि कुल २५ वटा केन्द्र निर्धारण गरिएको छ ।
साधारणतर्फ १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी, १९ गते आइतबार अनिवार्य गणित, २० गते सोमबार अनिवार्य नेपाली, २२ गते बुधबार अनिवार्य विज्ञान, २३ गते बिहीबार अनिवार्य सामाजिक, २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य तथा जनसंख्या, २५ गते शनिबार ऎच्छिक प्रथम र २६ गते आइतबार ऎच्छिक दृतीय विषयको परीक्षा हुनेछ ।
हेर्नुहोस् कुन विद्यालयको केन्द्र कहाँ ?




Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments