Byroad News

Loading...

३ महिने सिलाइ कटाइ तालिम सुरु


३ महिने सिलाइ कटाइ तालिम सुरु

थाहानगर/२६ माघ
घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा बिहीबारदेखि ३ महिने सिलाइ कटाइ तालिम थाहानगरमा सुरु भएको छ ।

बिहीबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख टीका शर्माको सभाध्यक्षमा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सीप सिकेर लगानी अभाव भएमा समूह मिलेर आए सहयोग गरिने बताउनु भयो ।

कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल, महासचिव सुरेन्द्रमान प्रधान, महिला उद्यम समिति सभापति तथा प्रशिक्षक आरती श्रेष्ठले तालिमको औचित्य पुष्टि गर्दै शुभकामना व्यक्त गरे । 

सहभागीहरुलाई नियमित रुपले तालिम लिएर स्वरोजगार बन्न कार्यालयले आवश्यक कार्यक्रमहरु सञ्चालन गरिदै आएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शर्माले बताउनु भयो । 

तालिमको समन्वय तथा व्यवस्थापन थाहानगर उद्योग वाणिज्य संघले गरेको हो ।

Comments

KATHMANDU WEATHER