थाहानगर/३२ असार
शनिबार एक कार्यक्रमका बीच थाहानगर भलिबल संघ गठन गरिएको छ । संघको अध्यक्षमा न्ह्युछेमान गोपाली चयन भएका छन् ।
सहारा रिसोर्टमा जिल्ला भलिबल संघको आयोजनामा भएको भेलाले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको हो। समितिको उपाध्यक्षमा निरन थापा ,सचिव सृजन बस्नेत, कोषाध्यक्ष राधा गोपाली तथा सदस्यहरुमा विशाल गोपाली, सुमिता वाइवा, बेल बहादुर गोले, हरेराम कार्की, भाइकाजी बलामी, रामचन्द्र गोले, राजेन्द्र बलामी चुनिएका छन् ।
यसैगरि, सल्लाहकारमा सुमन रायमाझी र शंकर लामा चयन भएका छन् । यसैगरी, सुबित्र थिङ्गलाई थाहा नगरपालिका खेलकुद विकास समितिको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ।
जिल्ला भलिबल संघका कोषाध्यक्ष शंकर कार्कीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले खेलकुद विकासमा थाहा नगर कटिबद्ध रहेको बताउदै उच्चस्तरीय खेलाडी उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments