Byroad News

Loading...

वर्षातका कारण २ दिन बिद्यालय बिदा


वर्षातका कारण २ दिन बिद्यालय बिदा

थाहानगर/१५ असार
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले वर्षातका कारण दुई दिन बिद्यालय बिदा गरेको छ ।

लगातारको वर्षातका कारण बिद्यालय जाने बालबालिका बाढीपहिरोको जोखिममा पर्न सक्ने भन्दै असार १६ र १७ गते पालिकाभित्रका सबै बिद्यालय बिदा रहने जनाएको हो । 

पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले हस्ताक्षर गरि वर्षे बिदामा मिलान हुने गरि बिदाको सूचना प्रकाशित गरेका हुन् ।

Comments

KATHMANDU WEATHER