थाहानगर/५ असार
हरेराम थापा स्मृति प्रतिष्ठानले थाहा नगरपालिका २ स्थित मत्स्य नारायण माविका गरिव तथा जहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले विद्यालयका ५ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति अन्तर्गत व्याग, कापी, कलम, सिसाकलम, ज्यामिती बक्स, विद्यालय पोशाक, अध्ययन खर्च लगायत प्रदान गरिएको प्रतिष्ठानका संरक्षक मिना थापाले जानकारी दिइन् । विद्यालय पुगेर प्रतिष्ठानका संरक्षक थापाले छात्रवृत्ति प्रदान गरेकी थिइन् ।
छात्रवृत्ति वितरण कार्यक्रममा हरेराम थापा स्मृति प्रतिष्ठानका हरिकृष्ण विष्ट, श्रीकृष्ण विष्ट, मिनबहादुर थापा, विश्वराम थापा, विद्यालयका प्रधानाध्यापक विष्णुहरि ढकाल, शिक्षकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
छात्रवृत्ति कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य श्रीकृष्ण विष्टले गरेका थिए ।
थाहा–२ सोल्टुका स्थायी बासिन्दा व्यवसायी स्व. हरेराम थापाको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments