थाहानगर/३ असार
मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर भलिबल प्रतियोगिता सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले उद्घाटन गरे ।
व्यवस्थापनको जिम्मा पाएको विद्यालय जनकल्याण माविको खेल मैदान र इन्द्रायणी चौरमा खेलहरु भएका छन् । जनाल्याणको खेल मैदानमा फिल्ड अन्तर्गतका खेलहरु भएका छन् भने इन्द्रायणी चौरमा ट्रयाक अन्तर्गतका खेलहरु भेका छन् ।
आज कबर्डी, सर्टपुट, हाइजम्प, लङ्गजम्प, त्रीपलजम्प, १०० मिटर दौड लगायतका खेलहरु भएका छन् । भोलि विहान ८ बजेदेखि दौड अन्तर्गतका बाकी खेलहरु हुनेछन् ।
प्रतियोगितामा थाहाका मावि विद्यालयहरुले सहभागिता जनाएका छन् । भलिबल प्रतियोगिताका लागि नगरपालिकाले १ लाख रुपैयाँ तथा अन्य विधाका खेलहरु सञ्चालन गर्नका ६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगितामा दौड, कराँते, तेक्वान्दो र एथलेटिक्स तर्फका खेलहरु समावेश रहेको जनकल्याण माविका प्रअ सानोभाई कार्कीले जानकारी दिए ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments