काठमाडौं/२२ जेठ
सरकारले रगतको मूल्य बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब प्रति युनिट रगतको मूल्य ८१० देखि १ हजार ६४० रुपैयाँ कायम गरेको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।
गत चैत २२ गते बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले रगतको मूल्य बढाउने निर्णय गरेको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी रक्तसञ्चाल केन्द्रहरुलाई ८१० देखि १ हजार ६४० रुपैयाँसम्म कायम गर्न सकिने जनाएको छ। उक्त मूल्यमा ब्लड व्यागको १५०, ट्रान्सफ्युजन सेटको एक सय लगायत कायम गरिएको छ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments