काठमाडौं/६ चैत्र
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ ।
सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड—१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड१९ परीक्षण गराउनुपर्ने बताएको छ ।
यस्तै पूर्ण खोप नलगाएका ५ वर्षमुनिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments