हेटौंडा/२२ फागुन
मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई गएराती पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा १५ खण्डमा पथलैयाबाट हेटौंडा आउदै गरेको बा ९९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई चेकजाँचको क्रममा खिअरो हिरोइन बरामद भएको हो ।
हेटौंडा १० बस्ने वर्ष २३ को ठिल्ले लामा तामाङ र पछाडि सवार हेटौंडा ४ बस्ने वर्ष २६ का अजय घलेको साथबाट ७ ग्राम ६ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिप्रकाले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments