काठमाडौं/२१ फागुन
प्रेस चौतारी नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा शनिबार सम्पन्न भएको छ । अधिवेशनले शरद सापकोटाको अध्यक्षतामा ३९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।
मकवानपुरबाट ७ जना बागमती प्रदेश कमिटीमा चुनिएका छन् ।मकवानपुरबाट महासचिवमा प्रकाश दाहाल, प्रदेश कमिटी सदस्य सुरेन्द्रमान प्रधान, रामशरण दुलाल, विवश अधिकारी, दीपेश दाहाल, सिमोन न्यौपाने, नानीमाया सापकोटा र आरती ढकाल चयन भएका छन् । प्रधान बाइरोड न्युज डटकमका प्रकाशक सम्पादक हुन् ।
अधिवेशनको उद्घाटन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा सभामुख सुवास नेम्वाङले गरेका थिए ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments