थाहानगर/१९ फागुन
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार थाहा नगरपालिकाको मतदाता ३२ हजार ३१६ रहेको छ ।
३९ हजार १६३ जनसंख्या रहेको थाहामा ३२ हजार ३१६ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुर जिल्लामा मतदाताको संख्या २ लाख ९५ हजार ५ सय ५० पुगेको छ ।
कार्यालयका अनुसार यो वर्ष गत स्थानीय निर्वाचन-२०७४ भन्दा ६७ हजार ७ सय ९१ जना मतदाता बढेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो । सोहि वर्ष भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने २ लाख ५५ हजार ६ सय ४ जना मतदाता थिए ।
कार्यलयकी सूचना अधिकारी सम्झना ढकालका अनुसार इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४९५, कैलाश गाउँपालिकामा १४ हजार ६२०, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९०, भीमफदी गाउँपालिकामा १७ हजार ४४७, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १५०, मनहरी गाउँपालिकामा २६ हजार ७५१ राक्सिराङ्ग गाउँपालिकामा १५ हजार ८७३ र हेटौँडा उपमहानगरपालिकामा १ लाख ४ हजार ५१३ मतदाता रहेका छन् ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments