हेटौंडा/१८ फागुन
बागमती प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रालयले हटाएका आयुर्बेदिक अस्पतालका १२ जना अध्यक्षलाई तत्काल नहटाउन दिएकाे अन्तरिम आदेशलाई उच्च अदालत पाटन हेटाैंडा ईजलाशले आज निरन्तरता दिएकाे छ ।
न्यायाधीश साबिर हुसेन र निर्मला शाक्यकाे ईजलाशले दुवै पक्षका कानुन व्यवसायीहरूकाे बहसपछि आज अन्तरिम आदेशलाई निरन्तरता दिएकाे हाे ।
रिट निवेदनकाे अन्तिम टुंगो नलागेसम्म सरकारले हटाएका अध्यक्षहरूलाई पदमै बहालरही काम गर्ने बाटाे खुलेकाे निवेदक पक्षका अधिबक्ता मदन दाहालले बताए ।
यस्तै सरकारले पछिल्लाे पटक नियुक्त गरेका अध्यक्षहरूलाई भने पद बहाली हुन अदालतकाे आदेशले राेकिदिएकाे छ । रिट निवेदकका तर्फबाट अधिवक्ता मदन दाहाल, ध्रुबप्रसाद चाैलागाई, मुकुन्द अधिकारी, बालकृष्ण अधिकारी, ऋषि केबी, मन प्रसाद भट्टराई, शिव प्रसाद बन्जारा, प्रमिला केसीले बहस गरेका थिए ।
यस्तै विपक्षहरूका तर्फबाट बरिष्ठ अधिबक्ता केशब काफ्ले, अमृत लामा, आरके मैनाली, अप्सरा बस्नेतले बहस गरेका थिए ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments