
काठमाडौं/१५ फागुन
बलात्कार आरोपित अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।
एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि उनी फरार थिए। शाहले आजै तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धानका लागि अदालतमा पेश गरी सात दिनको समय लिएको हो। अदालतबाट समय पाएपछि अब शाहमाथिको अनुसन्धान अघि बढाउने तनहुँ प्रहरीका प्रवक्ता डिएसपी युवराज खड्काले बताए।
शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणमा जाहेरी परेको थियो। उनीविरुद्ध आजै नवलपुरको गैंडाकोटमा पनि जबर्जस्ती करणको जाहेरी परेको छ ।
यसैबीच, पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै अर्का एक युवतीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती युवतीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् ।
गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन युवती र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् ।
-
3 weeks ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
1 month ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments