सौराहा/१३ फागुन
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) को बागमती प्रदेशको तेस्रो अधिवेशनले केशवलाल श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
अध्यक्ष पदका अर्का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रामकृष्ण अधिकारीले श्रेष्ठको उम्मेदवारी बदर गरेको निर्णय गरेपछि केशवलाल श्रेष्ठ निर्विरोध हुनु भएको हो । निर्विरोध भएको औपचारिक घोषणा भने गर्न बाकी छ ।
अध्यक्ष पदका लागि प्याव्सनको विधान अनुसार कम्तिमा एक कार्यकाल प्रदेश कमिटीको पदाधिकारी भईसक्नु पर्ने व्यवस्था रहेकोमा हरिकृष्ण श्रेष्ठको सो योग्यता नपुगेको भन्दै निर्वाचन समितिले बदर भएको घोषणा पत्र मार्फत गरेको हो । प्रमुख निर्वाचन अधिकृत अधिकारीले श्रेष्ठको उम्मेदवारी बदर भएको घोषणा सहितको पत्र गत फागुन १ गते नै लेख्नु भएको थियो ।
निर्विरोध निर्वाचित केशवलाल श्रेष्ठ हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
यसैगरि सचिवमा ऋषि नेपाल, सदस्यहरु दिल्लीराम पोखरेल (चितवन), इन्दिरा पन्त (चितवन), दुर्गा थापा (सिन्धुपाल्चोक), मुरारीलाल शर्मा (काठमाडौं), खेमलाल भुषाल (काठमाडौं), सहकोषाध्यक्ष नवराज भट्ट (चितवन) निर्विरोध निर्वाचित हुनु भएको छ ।
वरिष्ठ उपाध्यक्षमा मुरारी प्रकाश सञ्जेल (काठमाडौं) र टिकाराम चापागाईं (चितवन), महिला उपाध्यक्षमा जीवनकला सुब्बा (काठमाडौं) र निरु ढकाल (भक्तपुर), उपाध्यक्षमा सानुराजा कार्की (भक्तपुर) र रामबाबु अधिकारी (ललितपुर), कोषाध्यक्षमा हरिदाश श्रेष्ठ (काठमाडौं) र श्रीकृष्ण श्रेष्ठ (काभ्रे), सहसचिवमा भिमप्रसाद फुयाल (मकवानपुर), प्रकाश कुइकेल (नुवाकोट), रामचन्द्र अर्याल (धादिङ), जीवन पन्थी (काठमाडौं) र ऎश्वर्या विष्ट (भक्तपुर) बीच सर्वसम्मतको प्रयास भइरहेको बताइको छ ।
यद्दपी, यी पदहरुमा शनिबार विहानसम्म सर्वसम्मत नभएमा निर्वाचन हुने प्याव्सन बागमती प्रदेश कमिटीले जनाएको छ । बागमती प्रदेश अधिवेशनमा ५४९ मतदाता रहेका छन् । अधिवेशन चितवन प्याव्सनको आतिथ्यतामा शुक्रबारदेखि सौराहाको सेभेन स्टार होटलमा भैरहेको छ । बदर भएको घोषणा गरिएको पत्र:
-
4 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
4 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments