काठमाडौं/१२ फागुन
सुनको भाउ बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर ९९ हजार पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ। बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा निर्धारण भएको छ।
Featured News

Comments