Byroad News

Loading...

थाहानगरमा एकै रात एक घरसहित ५ वटा पसल चोरी


थाहानगरमा एकै रात एक घरसहित ५ वटा पसल चोरी

थाहानगर/९ फागुन
मकवानपुरको थाहानगरमा गए राती एक घरसहित ५ वटा पसलमा चोरी भएको छ ।

थाहा नगरपालिका १ ओखर बजारमा सुबिन्द्रमान प्रधानको समृद्धि एण्ड खुसी मोवाइल हाउस, प्रदिप प्रधानको प्रदिप किराना पसललगायतका पसलहरु चोरी भएको हो । मोवाइल हाउसबाट भिभो र एम आइको एन्ड्रोइड मोवाइल ५ वटा र नगद १७ हजार, प्रदिप किराना पसलबाट रिचार्ज कार्ड र नगद गरि करिव २० हजार रुपैयाँ चोरी भएको पीडितहरुले बताएका छन् । 

चोरहरुले नगद मात्रै चोर्ने उद्देश्य राखेकोले अन्य सामानहरु चोरी नभएको बताइएको छ । चोरहरुले मानिस नबस्ने घरहरु र एकै प्रकारका ताल्चा रहेका पसलहरु बत्ती नभएको मौका छोपी चोरी गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यस अघि पनि शिखरकोट बजारका आधा दर्जन पसलहरुमा चोरी भएको थियो । थाहानगरमा चोरीका घटना बढेपनि चोर पक्राउ गर्न नसकेपछि प्रहरीलाई नैतिक दबाब परेको छ । 

Comments

KATHMANDU WEATHER