Byroad News

Loading...

फेरि बढ्यो इन्धनको मूल्य


फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं/७ फागुन
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ रुपैयाँ कायम गरिएको छभने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ । 

निगमले दुई साता अघिमात्र प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिका विरुद्ध युवा तथा विद्यार्थीहरुले विरोध कार्यक्रमहरु गरेका थिए ।

Comments

KATHMANDU WEATHER