# Recent News
काठमाडौं/२७ माघ
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपाल हालसम्म ११ लाख ७ हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या ९ लाख ३० हजार ६०७ जना छन् ।
कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर काेरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार ४ जना रहेको छ ।
Featured News
-
3 weeks agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
1 month agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments