थाहानगर/२१ माघ
बिहीबार रातिदेखि भएको हिमपातका कारण अबरुद्ध त्रिभुवन राजथप आज साझसम्म पनि खुल्न सकेको छैन ।
बिहीबार रातीदेखि नै हिमपातका कारण अवरुद्ध राजपथ खुलाउन इलाका प्रहरी कार्यालय पालुङले थाहा नगरपालिका र सडक विभागसङ्ग समन्वय गरेको थियो ।
नगरपालिकाको जेसीवीले पालुङतर्फबाट खुलाउदै गएको भएपनि दिउँसो फेरि हिउँ थपिएपछि आजलाई यातायात सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
हिमपातका कारण सडक अवरुद्ध भएपछि केहि गाडीहरु बाटोमै अलपत्र परेका छन् । यो पटक दामनबाट ६ किलोमिटर तलदेखि अघोरमूनिसम्म हिमपात भएको थियो । यतिबेलासम्म पनि यहाँको मौसम प्रतिकूल नै छ ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments